काठमाडौँ, माघ २७ :

मेष : पारिवारिक भेटघाटमा मन रमाउनेछ ।  रोकिएका काम सुचारु हुनेछन् । 

वृष : महत्त्वपूर्ण कार्यमा अवरोध आइपर्ला । लगनशीलताले साँझमा रोकिएका कामहरू अगाडि बढ्नेछन् ।

मिथुन : दिन सुखमय रहनेछ । परिवारमा मेलमिलाप हुनेछ। आफन्तसँग भेटघाट हुनेछ ।

कर्कट : रमणीय र सुखद यात्रा हुनेछ । व्यापार व्यवसायमा आर्थिक वृद्धि हुने देखिन्छ।

सिंह : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। दानपुण्य जस्ता कार्य गरेमा दिन शुभ रहनेछ ।

कन्या : प्रेम सम्बन्ध प्रगाढ बन्ने दिन छ । सन्तान प्राप्ति हुने योग रहेको छ । बिहान भजन सुन्नु उत्तम हुनेछ ।

तुला : पारिवारिक भेटघाटमा व्यस्त भइएला । आफन्तको सुझावमा नयाँ कार्य सम्पन्न हुनेछन् । 

वृश्चिक : कृषि र उत्पादनमूलक कार्यबाट फाइदा हुनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ ।

धनु : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभावले रोजगारीको अवसर मिल्ने छ । 

मकर : बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । उच्च महत्वकाङ्क्षा नराख्दा राम्रो हुनेछ ।

कुम्भ : शुभकार्यमा धन खर्च गर्ने दिन रहेको छ । रोकिएका काम पनि पुनः सुचारु हुनेछन् ।

मीन : प्रविधिमार्फत नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । धर्मकर्ममा मन लाग्नेछ ।