
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।