काठमाडाैं, माघ २७ :

बैंकिङ क्षेत्रको कुल शाखा संख्या ११ हजार नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात यही पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५२ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंकसहिता एक सय सातवटा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार पाँच सय ४५ वटा पुगेको हो । 

बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल शाखा संख्यामध्येमा वाणिज्य बैंकहरुको पाँच हजार ७८, विकास बैंकहरुको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरुको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार ४४ वटा शाखाहरु सञ्चालनमा छन् ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा भने बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या एक हजार पाँच सय ८९ वटा रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार ४९, विकास बैंकहरुको एक हजार एक सय २८, फाइनान्स कम्पनीहरुको दुई सय ८४ र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय २८ वटा शाखाहरु सञ्चालनमा रहेका थिए । 

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तममा भने बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार पाँच सय ३० वटा थियो । जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार ५६ वटा, विकास बैंकहरुको एक हजार एक सय ३५ वटा, फाइनान्स कम्पनीहरुको दुई सय ८८ वटा र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार ५१ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ । 

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल संख्या भने एक सय सातवटा थियो । जसमध्ये जसमध्ये २० वटा वाणिज्य बैंक, १७ वटा बिकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५२ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।