
भारतीय जनता पार्टी(भाजपा) दिल्लीमा लामो समयपछि सत्तामा फर्कन सफल भएको छ।
करिब तीन दशकदेखि दिल्लीमा चुनाव जितको प्रतिक्षामा रहेको भाजपा अन्ततः राज्यमा सत्ता हात पार्न सफल भयो । यससँगै आम आदमी पार्टी ११ वर्षपछि सत्ताबाट बाहिर भएको छ ।
यसअघि भाजपाले पछिल्लो पटक सन् १९९३ मा दिल्लीमा चुनाव जितेको थियो। पछिल्ला केही चुनावमा पनि भाजपाले दिल्लीमा प्रधानमन्त्री मोदीको अनुहारलाई अगाडि राखेर चुनाव लडेको थियो ।यसपटक पनि भाजपाले मुख्यमन्त्रीको कुनै अनुहार प्रस्तुत गरेन।
यी हुन् जित पछाडिका पाँच कारण :
१. सत्ता विरोधी लहर :
दिल्लीमा लामो समयदेखि आपको सरकार रहँदा, जनतामा असन्तुष्टि बढ्दै गयो। विशेष गरी मध्यम वर्गले आधारभूत पूर्वाधारको विकासमा कमी महसुस गर्यो, जसले सत्ता परिवर्तनको चाहना बढायो।
२. एमसीडीमा आपको प्रदर्शन
नगर निगममा आपको नियन्त्रण भए पनि सफाई, सडक, र पानी जस्ता समस्याहरू समाधान नभएपछि, जनताले आम आदमी पार्टी (आप)लाई जिम्मेवार ठाने। यसले बीजेपीलाई फाइदा पुर्यायो।
३. बीजेपीको संगठित चुनावी अभियान
बीजेपीले सशक्त चुनावी अभियान सञ्चालन गर्यो, जसमा अमित शाह र अन्य नेताहरूले सक्रिय भूमिका निभाए। यसले मतदाताहरूलाई आकर्षित गर्यो।
४. राष्ट्रिय मुद्दाहरूको प्रभाव
राष्ट्रिय स्तरमा बीजेपीको लोकप्रियता र प्रधानमन्त्री नरेन्द्र मोदीको छविले पनि दिल्लीका मतदाताहरूलाई प्रभावित गर्यो।
५. विपक्षीको विभाजन
विपक्षी दलहरूबीच एकता नहुनु र आपभित्रको आन्तरिक कलहले पनि बीजेपीको विजयमा योगदान पुर्याएको यो समाचार बीबीसी हिन्दीमा उल्लेख छ ।