बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, माघ २८ :

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५९  पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा कायम भएको छ । यु

रोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
 
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १५ पैसा र बिक्रीदर चार रुपैयाँ १७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्री दर ३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
 
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५४ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २७ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार