काठमाडौँ, माघ २८ :

ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विषयमा आन्दोलनरत ‘नो केबलकार समूह’ र सरकारबीच आज पनि वार्ता हुँदैछ ।

वार्ताका लागि बिहान ११ बजे बैठक बस्दै छ ।

माघ २२ गते भएको ६ बुँदे सहमतिमा आज पुनः विस्तृत वार्ता गर्ने सहमति भएको थियो ।

आन्दोलनरत पक्ष र सरकारबीच यसअघि पाथीभरा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्काल रोक्नेबारे सहमति जुटेको थियो । सहमति जुटेसँगै ‘नो केबलकार समूह’ ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

सहमति अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई सरकारले रिहा समेत गरिसकेको छ ।