सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

सत्तारुढ दलको उच्चस्तरीय संयन्त्रको बैठक साँझ बस्दै, अध्यादेशबारे छलफल हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
फाइल तस्विर ।
काठमाडाैं, माघ २८ :

प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइबार साँझ ५ बजे बस्ने गरेर बैठक बोलाइएको हो।

बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ। पारित हुने अवस्था नदेखिएपछि यी अध्यादेश आइतबारको दुवै सदनको सूचीबाट हटाइएको छ । 

सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश टेबुल गरेको थियो।  राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी नेपाललाई सरकारले सहमतिका लागि प्रयास जारी राखेको छ ।  

गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।उच्चस्तरीय राजनीतिक संयन्त्रको काम कांग्रेस-एमाले गठबन्धन सरकारलाई सफल पार्नु हो ।

 


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार