बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र बैंक/बीमा

बैंकिङ प्रणालीबाट आज पनि ३० अर्ब रुपैयाँ अधिक तरलता खिच्दै राष्ट्र बैंक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
बैंकिङ प्रणालीबाट आज पनि ३० अर्ब रुपैयाँ अधिक तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौं, माघ २८ :

अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।

कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आइतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपराह्नसम्ममा बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा रकम तानिनेछ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ-ब्याज भुक्तानी मिति फागुन १८ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोका रुपमा समेत राख्न सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार