शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार लुम्बिनी प्रदेश

स्वर्गद्वारी गुठी किसानद्वारा घोराहीमा प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
स्वर्गद्वारी गुठी किसानद्वारा घोराहीमा प्रदर्शन
दाङ, माघ २८ :

स्वर्गद्वारी गुठीको जग्गामा अधिकार माग्दै मोही किसान आइतबार घोराहीको सडकमा प्रदर्शनमा उत्रिएका छन्। माघ २० देखि माइतीघर मण्डलमा धर्ना दिइरहेका किसानको समर्थनमा उनीहरू सडकमा आएका हुन्।

सयौं किसानले झिंगौरास्थित थारु गाउँबाट र्‍याली सुरु गरी घोराही बजार परिक्रमा गर्दै आफ्नो मोही हक कार्यान्वयनको माग गरे। प्रदर्शनपछि उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षण गराए।

यसअघि लामो समयसम्म आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि दाङका ३९ किसान काठमाडौं पुगेका थिए। फागुन ८ देखि चैत ७ सम्म आन्दोलनपछि सरकारले वार्ता गर्दै गुठीसम्बन्धी कानुन तर्जुमा गर्ने सहमति जनाएको थियो। तर एक वर्ष बित्दा पनि कार्यान्वयन नभएपछि किसान पुनः आन्दोलित भएका छन्।

२०६२ चैत १४ को सर्वोच्च अदालतको परमादेशपछि किसान जग्गाको अधिकारबाट वञ्चित भएका थिए। स्वर्गद्वारी आश्रमको १०३४ बिघा जग्गामध्ये ७५३ बिघामा मोही कायम रहेको छ, जसमा ३ हजार ५ घरधुरीका १५ हजारभन्दा बढी सदस्य आश्रित छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार