आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

काठमाडौंका मेयरलाई अमरेशकुमारको चुनौती- हिम्मत भए संसद भवन र सिंहदरबार भत्काएर देखाऊ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
काठमाडौंका मेयरलाई अमरेशकुमारको चुनौती- हिम्मत भए संसद भवन र सिंहदरबार भत्काएर देखाऊ
काठमाडौं, माघ २९ :

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिटलरको शैलीमा कार्य गरिरहेको आरोप लगाएका छन् ।

सोमबारको बैठकमा उनले मेयर बालेन साहलाई सिंहदरवार, संसद् भवन र सर्वोच्च अदालत भत्काउन चुनौती दिएका छन् । कबाडीमाथि चलाइएको डोजर र त्यस क्रममा मजदुर घाइते भएको घटनालाई जोडेर सिंहदरबार भत्काउन चुनौती दिएका हुन् । काठमाडौं महानगर भित्रबाट कबाडी हटाउने अभियानमा महानगरपालिका लागेको छ ।

सांसद सिंहले भने, ‘यो मेयर हिटलरजस्तै शैलीमा काम गरिरहेको छ । जर्मनीमा हिटलरको उदय भएजस्तै, ठ्याक्कै त्यसरी नै कार्यहरू भइरहेको छ ।’ सिंहले काठमाडौंलाई सातै प्रदेशको संघीय राजधानी भएको स्मरण गर्दै, यस्ता गतिविधिहरू नगर्न चेतावनी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार