
काठमाडौँ, भदौ १ :
शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।