बुटवल, माघ २९ :

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए ।

यसै मुद्दामा रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छोडेको छ ।सुप्रिम सहकारीको रकम अपचलन पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

यो पनि…

रविलाई थुनामै राख्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन