नवलपरासी, माघ ३० :

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती ११, लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेसन’ सञ्चालनमा आएको छ । 

सानाठुला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेसन सञ्चालनमा ल्याइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहयोगमा एक करोड लगानी गरी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको स्थानीय विष्णु अधिकारीले बताए । राजमार्ग विस्तारको काम चाँडो सम्पन्न भएमा चार्जिङ स्टेसनको क्षमता बढाउँदै चालकका लागि ‘रिफ्रेस सेन्टर’ समेत सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

नारायणघाट- बुटवल सडकको ११४ किलोमिटर खण्डमा निर्माण गरिएको एकमात्र फास्ट चार्जिङ स्टेसनमा चौबीसै घण्टा विद्युतीय गाडी चार्ज गर्न मिल्ने सुविधा रहेको उनले जानकारी दिए । अहिले दैनिक ५० वटासम्म सवारी चार्ज भइरहेका छन् ।