मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

चाबहिलमा चक्कु प्रहार गरी युवकको हत्या, तीनजना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
चाबहिलमा चक्कु प्रहार गरी युवकको हत्या, तीनजना पक्राउ
काठमाडौं, माघ ३० :

काठमाडौंको चाबहिलमा मोबाइलको निहुँमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। आइतबार बिहान ६ बजेतिर काठमाडौँ महानगरपालिका ७ कुमारीगालमा युवाहरूको दुई समूहबीच झगडा भएको थियो। एउटा समूहले मोबाइल चोरी गरेको अर्को समूहले देखेपछि खोस्न क्रममा उनीहरुबीच झगडा भएको प्रहरीको दाबी छ।

झगडामा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ९, पानीट्याङ्की घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्ने २३ वर्षका अमृत भन्ने संघर्ष कार्कीको मृत्यु भएको छ। अस्पालमा उपचारपछि डिस्चार्ज गरेका क्षितिजलाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।

हत्यामा संलग्न तीन जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।  पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका १ स्थायी घर भई हाल कपन सिमलटार बस्ने २२ वर्षका युनिक लामा भन्ने नुर्वु शेर्पा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ घर भइ हाल गोकर्णेश्वर नगरपालिका ८ बस्ने २० वर्षका विशाल तामाङ रहेका छन् । 
पक्राउ परेका व्यक्तिहरू उपर ज्यानसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको छ। पक्राउ सबैलाई गौशाला वृत्तको हिरासतमा राखिएको छ।घटनामा प्रयोग गरिएको धारीलो हतियार चक्कु पनि प्रहरीले बरामद गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार