काठमाडौं, माघ ३० :

नेप्सेमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दुई दिन लगातार ओरालो लागेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ६ दशमलव ५४ अंकले बढेर २६ सय ८३ दशमलव ८६ अंकमा पुगेको छ ।

(क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ५० अंकले घटेर चार सय ५० दशमलव १५ अंकमा झरेको छ । नेप्सेमा आज २९९ कम्पनीको ७२ हजार ९४ पटकको कारोबारमा एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता सेयर खरिद-बिक्री भए । जसकारण कुल कारोबार रकम सात अर्ब २४ करोड ६२ लाख २१ हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकँमा पाँच समूहको सूचक बढेर बाँकी समूहको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ७९ अंकले घटेर १३ सय ४९ दशमलव ११ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक आठ दशमलव शून्य एक अंकले घटेर २७ सय दुई दशमलव ११ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ११ दशमलव ५४ अंकले घटेर १२ हजार नौ सय ७६ दशमलव १० अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि ५६ दशमलव ४७ अंकले घटेर १२ हजार नौ सय ८२ दशमलव ९१ अंकमा झरेको छ ।

यीबाहेक होटेल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समूहहरुको सूचक पनि क्रमशः ३२ दशमलव २४, दुई दशमलव ३२, शून्य दशमलव ४० र ४५ दशमलव ९५ अंकले घटेका छन् । विकास बैंक समूहको सूचक भने एक सय ३४ दशमलव शून्य आठ अंकले बढेर पाँच हजार सात सय ६९ दशमलव ९३ अंकमा चढेकामा जलविद्युत् समूहको सूचक पनि ५९ दशमलव २७ अंकले बढेर तीन हजार आठ सय ३४ दशमलव ४६ अंकमा चढेको छ ।

यीबाहेक लगानी, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव ५१, शून्य दशमलव ९३ र शून्य दशमलव १० अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सिक्लेस हाइड्रोपावर लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सीईडीबी होल्डिङ लिमिटेड परेको छ ।