शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

हलो र जुवासहित काठमाडौंमा मोही किसानको प्रदर्शन [भिडियो/फोटो फिचर]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
हलो र जुवासहित काठमाडौंमा मोही किसानको प्रदर्शन [भिडियो/फोटो फिचर]
काठमाडौं, माघ ३० :

स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।  द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानहरु अहिले काठमाडौं आएर प्रदर्शन तथा धर्ना दिइरहेका छन् । उनीहरु आफ्नो मौलिक पहिरहनमा हलो जुवासहित प्रदर्शनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएका किसानले माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने समेत बताएका छन् । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ ।

मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको किसानहरुको गुनासो छ ।
किसानहरूले अबको आन्दोलन निर्णायक भएको स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए ।

माग कार्यान्वयनका लागि अहिले उनीहरु काठमाडौं आएका छन् ।उनीहरुले २४ घण्टे धर्नादेखि पूर्व पश्चिम राजमाग बन्द, विभिन्न राजनीतिक दल तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रमहरू समेत गरिसकेका छन् ।

सर्वोच्च अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्वारी विशेष प्रकारको निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने परमादेश जारी गरेका कारण किसानहरू मोही हकबाट वञ्चित भएका छन् । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार