काठमाडौँ, भदौ १ :

वाणिज्य बैङ्कहरुले ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी बैङ्कहरुले ब्याजदर घटाएको सूचना प्रकाशित गरेका हुन् । 

२० वटा वाणिज्य बैङ्कहरुमध्ये सिटिजन्स र प्राइमले ब्याजदर बढाएका छन् भने ग्लोबल आईएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्यान्डर्डले ब्याजदर यथावत् राखेका छन् । अन्य १२ बैँकले ब्याजदर घटाएका हुन्।

निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया र एनएमबी बैँकले ७ दशमलव ४१ प्रतिशत दिने गरि शून्य दशमलव १२ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।