
नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ६ दशमलव ५४ अंकले बढेको नेप्से आज एक दशमलव ८६ अंकले बढेर २६ सय ८५ दशमलव ७३ अंकमा पुगेको छ ।
यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २५ अंकले बढेर चार सय ५० दशमलव ४० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय सात कम्पनीको ८२ हजार आठ सय ५० पटकको कारोबारमा एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता सेयर खरिद-बिक्री भए । जसमा कुल कारोबार रकम आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा चार समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये विकास बैंक समूहको सूचक ७७ दशमलव २६ अंकले बढेर पाँच हजार आठ सय ४७ दशमलव २० अंकमा चढेको छ । फाइनान्स समूहको सूचक पनि ४२ दशमलव ४७ अंकले बढेर २७ सय ४४ दशमलव ३८ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सूचक पनि ६२ दशमलव ५५ अंकले बढेर १३ हजार ३८ दशमलव ६५ अंकमा पुगेकामा लगानी समूहको सूचक पनि एक दशमलव २९ अंकले बढेको छ । यीबाहेक वाणिज्य बैंक समूहको सूचक भने शून्य दशमलव ७९ अंकले घटेर १३ सय ४८ दशमलव ३२ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि एक दशमलव ५५ अंकले घटेर तीन हजार आठ सय ३२ दशमलव ९१ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि पाँच दशमलव १९ अंकले घटेर १२ हजार नौ सय ७७ दशमलव ७२ अंकमा झरेकामा होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहहरुको सूचक पनि क्रमशः ४२ दशमलव ७२, २१ दशमलव ९५, पाँच दशमलव ७०, शून्य दशमलव शून्य एक, नौ दशमलव ९० र ३९ दशमलव ४२ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।