काठमाडौँ, भदौ १ :

दशरथ रंगशाला हिलाम्य भएपछि एन्फाले साफ अण्डर २० प्रतियोगिता अन्तर्गतका खेलहरु एन्फा मैदान ललितपुरमा गर्ने भएको छ। 

यसका लागि  एफसीका म्याच कमिसनर अब्दुल अहमदले साफ अन्डर २० प्रतियोगिता हुने एन्फा मैदानको निरीक्षण गर्नु भएको छ ।

  दशरथ रंगाशालामा हुने भनिएको खेल मैदान हिलाम्ये भएपछि साफ अण्डर-२० फूटबल एन्फा मैदान ललितपुरमा खेलाइने भएको हो ।

कमिस्‍नर अहमद सहितको टोलीले आज एन्फा मैदानको स्थलगत निरीक्षण गरेको हो ।

यसअघि त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा प्रतियोगिता खेलाउने भनिएकोमा यसै साता आयोजना गरिएको नेपालको चर्च ब्वाइज क्लव र भुटानको पारो फुटबल क्लवबीचको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलको क्रममा रङ्गशाला थप बिग्रिएपछि खेल मैदान सारिएको हो ।

प्रतियोगितामा नेपाल सहित भुटान बंगलादेश भारत माल्दिभ्स र श्रीलंका गरी ६ सार्क राष्ट्रका टोलीहरुले सहभागिता जनाउँदैछन् ।