काठमाडौँ, फागुन ३ :

 नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४  पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ १९ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । 

डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्री दर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८० पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्री दर १७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
 
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ १० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।