शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने #गृहमन्त्री सुधन गुरुङ#एकहत्तरौँ प्रहरी दिवस#कांग्रेसको १५औँ महाधिवेशन#मतगणना सकियो#सुनचाँदी#नेपाल सुनचाँदी व्यवसायी#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने
समाचार राजनीति

एकीकृत समाजवादीले बोलायो फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
एकीकृत समाजवादीले बोलायो फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक
काठमाडौँ, फागुन ३ :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । 

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।

केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ । सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने छ ।

बैठकले पार्टीको तल्लो तहदेखि सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्ने बैठकमा वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँगको बनाइने मोर्चाबारे निर्णय गरिने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार