काठमाडौँ, फागुन ३ :

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला चार सयले बढेको हो । 

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।