नेपाली कांग्रेसले पार्टीका ७७ वटै जिल्ला सभापतिहरूलाई पार्टीको भ्रातृ संगठनको अधिवेशन सम्पन्न गराउन आवश्यक सहयोग गर्न भन्दै परिपत्र गरेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला सभापतिहरुलाई भ्रातृ संगठनको जिल्ला अधिवेशनमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि निर्देशन दिएका हुन् ।
महाधिवेशन हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन आगामी चैत मसान्तभित्र गर्ने नेपाली कांग्रेसको निर्देशनानुसार नेपाल किसान महासंघ, केन्द्रीय तदर्थ समितिले २०८१ फागुन ७ गते महासंघको सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको उल्लेख छ ।
परिपत्रमा भनिएको छ, ‘नेपाल किसान महासंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनु हुनका लागि निर्देशनानुसार अनुरोध गरिन्छ ।’ कांग्रेसले सबै भ्रातृ संगठनको चैत मसान्तभित्र अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा
थप समाचार