
काठमाडौँ, फागुन ४ :
सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यादेशका बारेमा छलफल हुने जनाइएको छ ।
गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुने जनाइएको छ ।
बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तरक्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।