शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
विदेश

मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु
बामाको, फागुन ५ :

पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् ।

विश्वका सबैभन्दा गरीब देशहरू मध्येको यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।

“शनिबार १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ”, एक प्रहरी स्रोतले भनेको छ, “केही पीडित पानीमा खसेको र तिनीहरू मध्ये एक महिलाको पिठ्युँमा बच्चा रहेको थियो ।

केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ ।

पीडितहरूको खोजी जारी रहेको वातावरणीय सङ्गठनका प्रमुखले बताएका छन् ।

ठीक एक वर्षअघि सोहि पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । -एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार