
पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् ।
विश्वका सबैभन्दा गरीब देशहरू मध्येको यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।
“शनिबार १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ”, एक प्रहरी स्रोतले भनेको छ, “केही पीडित पानीमा खसेको र तिनीहरू मध्ये एक महिलाको पिठ्युँमा बच्चा रहेको थियो ।
केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ ।
पीडितहरूको खोजी जारी रहेको वातावरणीय सङ्गठनका प्रमुखले बताएका छन् ।
ठीक एक वर्षअघि सोहि पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । -एएफपी