काठमाडौँ, भदौ ३ :

दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । 

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुने उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् ।  

प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिता सन् २०१५ देखि शुरुवात भएको हो । 

नेपालमा प्रतियोगिता आयोजना भएको यो चौथो पटक हो भने दुई पटक नेपाल विजेता भएको थियो ।

प्रतियोगिता भदौ १२ गतेसम्म चल्नेछ ।