मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल #सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल
समाचार खेलकुद क्रिकेट

‘तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकुद महत्त्वपूर्ण छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
‘तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकुद महत्त्वपूर्ण छ’
काठमाडौं, फागुन ५ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसनको आयोजनामा आइतबार सुरु भएको टी-ट्वेन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले युवाहरूलाई समनजसँग एकाकार हुन खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताए ।

‘खेलकुदले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै । तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । अनुशासनको विकासकका लागि पनि खेलकुदको धेरै महत्त्व छ,’ उनले भने । आफ्नो बेलामा करातेको क्रेज रहेको भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटको क्रेज रहेको पनि उनले बताए ।

खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेको भन्दै उनले टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार