
काठमाडौँ, भदौ ३ :
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०१ रुपैयाँ छ भने बिक्री दर १३.६१ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९४ रुपैयाँ पुगेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६९ रुपैयाँ पुगेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।