शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

कांग्रेसको बुई चढेर हिँड्न एमाले बाध्य छ : पूर्वप्रधानमन्त्री खनाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
कांग्रेसको बुई चढेर हिँड्न एमाले बाध्य छ : पूर्वप्रधानमन्त्री खनाल
फागुन ५ :

एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेसको बुई चढेर हिँड्न नेकपा एमाले बाध्य भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले एमालेको आखिर मुख्य प्रतिद्वन्द्वी कांग्रेस भए पनि कांग्रेसकै बुई चढेर हिँडिरहेको बताए । उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने धारणा राखे ।

उनले क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको बताए । उनले समाजवाद प्राप्तिको एउटा आधारशीला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने बताए ।

‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्द्वी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही गर्‍यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ,’ उनले भने, ‘अब त हामीले सिक्यौँ कि जस्तो लागेको छ । अब त्योखालका गतिविधि हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशीला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्ने कुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अप्ठ्यारो हुने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार