
काठमाडौँ, भदौ ३ :
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २-१ गोलले हराउँदै बार्सिलोनाले विजयी सुरुवात गरेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने भ्यालेन्सियाका लागि ह्युगो डुरोले एक गोल फर्काए।
जितसँगै बार्सिलोनाले पहिलो खेलमै ३ अंक जोडेको छ । भ्यालेन्सियाले हारबाट लिगको सुरुवात गरेको छ ।