
नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ ।
अघिल्लो दिन झन्डै ३० अंकले बढेको नेप्से आज पुन: १२ दशमलव ६८ अंकले बढेर २७ सय ४० दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १७ अंकले बढेर चार सय ५९ दशमलव ८८ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३१४ कम्पनीको ९९ हजार पाँच सय ८५ पटकको कारोबारमा एक करोड ८२ लाख ३० हजार तीन सय दुई कित्ता सेयर खरिद बिक्री भए । जसअनुसार कुल कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार दुई सय १४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सात समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव १० अंकले बढेर १३ सय ९० दशमलव ९८ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक दुई सय ३० दशमलव शून्य चार अंकले बढेर १३ हजार चार सय १६ दशमलव ८९ अंकमा पुगेको छ ।
निर्जीवन बिमा समूहको सूचक ३९ दशमलव २७ अंकले बढेर १२ हजार आठ सय ९७ दशमलव ६३ अंकमा पुगेकामा लगानी, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक दशमलव ३५, ७८ दशमलव ९५ र १७ दशमलव ६५ अंकले बढेका छन् । विकास बैंक समूहको सूचक भने एक सय एक दशमलव ७३ अंकले बढेर पाँच हजार सात सय १४ दशमलव ३३ अंकमा झरेकामा फाइनान्स समूहको सूचक पनि ४३ दशमलव ७४ अंकले घटेर २८ सय ६६ दशमलव २५ अंकमा पुगेको छ ।
जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव १६ अंकले घटेर तीन हजार आठ सय दशमलव ६३ अंकमा झरेकामा होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ७२ दशमलव ४१, चार दशमलव ३२, ४२ दशमलव ८२ र शून्य दशमलव शून्य एक अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विन लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन रि-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा छ ।