काठमाडौं, फागुन ७ :

नेकपा एकीकृत समाजवादीले अध्यादेशहरुको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यादेशहरूको विपक्षमा उभिने निर्णय गरेको हो ।

अध्यादेशलाई समर्थन गर्न सकिने अवस्था नरहेको हुँदा विपक्षमा मतदान गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवं उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका ती अध्यादेशहरु देशको हितमा नभएको समेत एकीकृत समाजवादीको ठहर छ ।