
काठमाडौँ, भदौ ३ :
आइतबार सुनको मूल्यले रेकर्ड तोडेको छ । आइतबार छापावाल सुनको मूल्यले हालसम्मको उच्च रेकर्ड राख्दै तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको थियो ।
यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । जुन रेकर्ड मूल्यलाई तोड्दै आइतबार सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा १ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।