मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

कालीमाटी तरकारी बजारमा एक पुरुष मृत फेला, ४ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
कालीमाटी तरकारी बजारमा एक पुरुष मृत फेला, ४ जना पक्राउ
काठमाडौं, फागुन ८ :

काठमाडौंको कालीमाटी तरकारी बजारमा एक जना मजदुर मृत फेला परेका छन् ।  मृत अवस्थामा बुधबार बिहान फेला परेका ४१ वर्षीय रामकृष्ण दाहालको शरीरमा चोटपटक देखिएकाे हुँदा हत्या भएको आशंका प्रहरीले गरेको छ ।

उनको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार, मकवानपुरका निवासी दाहाल तरकारी बजारमा भारी बोक्ने काम गर्थे।

बिहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। प्रारम्भिक अनुमान अनुसार, कुटपिटबाट दाहालको हत्या भएको हो।

पक्राउ परेका चार जनासमेत तरकारी बजारमा काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार