नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन् ।
नेपाली कांग्रेस धनुषाले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पारेका हुन् ।
उनले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोर जस्तो देखिएको जिकिर गरे । आन्तरिक व्यवस्थापन गर्न नसक्दा कमजोर भइरहेको भन्दै उनले पार्टीभित्रका समस्या आफूहरूले नै समाधान गर्ने बताए ।
आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्या खडा गरेको भन्दै मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढ्न उनको आग्रह थियो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले कांग्रेसकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए ।
आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान