गुल्मी, फागुन १२ :

रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । 

विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई स्थगन भएको हो ।

साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो ।

जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा  रहेको छ । प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।