
काठमाडौं, फागुन १२ :
प्रहरीले सुनजस्तो देखिने धातुसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका २, नागढुंगाबाट सुनजस्तो देखिने धातु ३५४ ग्रामसहित भारत उत्तर प्रदेश गोन्डाका ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ख ४४१५ नम्बरको बसमा यात्रारत उनलाई उक्त धातुसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।