काठमाडौं, फागुन १२ :

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।  मन्त्रालयले आइतबार सहसचिव सेवन्तक पोखरेललाई संयोजक बनाएर तीन सदस्यीय सिफारिस समिति बनाएको हो।

सीईओ नियुक्ति सिफारिस समितिमा पोखरेलसहित अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल रहेका छन् । 

रिक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । 

गत माघ २६ गतेबाट नेप्से सीईओविहीन छ।  निवर्तमान सीईओ कृष्ण बहादुर कार्की कार्यकाल पूरा गरेर अवकाश भइसकेका छन् ।पूँजी बजारको विषयमा गहिरो ज्ञान भएको व्यक्तिलाई  नेप्सेको सीईओमा नियुक्त गर्न सरोकार पक्षहरुले माग गर्दै आएका छन् ।