
मेष : राज्यको सेवामा तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ ।
वृष : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ ।
मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । शिक्षाको गरेको प्रयास सफल बन्नेछ ।
कर्कट : साथीबाट सहयोग पाइनेछ । कुनैपनि काम गर्दा परिवारसँगको सल्लाह लिनु उचित हुनेछ ।
सिंह : स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
कन्या : सहकार्यमा गरेको व्यवसायबाट फाइदा हुनेछ । थोरै बोलेर अरुको मन जित्न सकिनेछ ।
तुला : महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन छ । विदेश यात्राको योग रहेको छ ।
वृश्चिक : परिवारमा कर्तव्य पूरा गर्नुपर्ने समय छ । स्वास्थ्यमा सचेत बन्नुपर्नेछ ।
धनु : आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन् । शुभ समाचार सुन्न पाउँदा मनमा उत्साह बढ्नेछ ।
मकर : दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । पुराना मित्रसँग भेटघाट हुनेछ ।
कुम्भ : गुरुसँग सहकार्य गर्दै अगाडि बढ्नु उचित हुनेछ । प्रेममा सफलता मिल्नेछ ।
मीन : परिवारका ठूला सदस्यसँग थोरै बोल्नु उचित हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।