शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार

सहरी नीति र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
सहरी नीति र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने
काठमाडौँ, फागुन १३ :

राष्ट्रिय सहरी नीति २०८१ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने भएका छन् । 

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार बसेको सहरी विकास समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सातै प्रदेशबाट मन्त्रीहरू, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपत्यका मेयर्स फोरमका अध्यक्ष, शहरी विकास मन्त्रालयअन्तर्गतका विभागका प्रमुखहरुको सहभागिता रहेको थियो । 

बैठकमा अधिकार सम्पन्न वाग्मती सभ्यता संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नगर विकास कोष ऐन २०५३ को संशोधनका लागि तयार भएको विधेयक, फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सहरी विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल भएको छ । 

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयता बलियो बनाउन तीन तहका सरकारबीचमा समन्वय र अन्तरसम्बन्ध प्रगाढ बनाउनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार