काठमाडौँ, फागुन १४ :

 

मेष : बोलीवचनमा प्रशंसा पाइनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । उपहार मिल्नेछ ।

वृष : अनावश्यक झमेलाबाट जोगिन मन शान्त पार्नुहोला । सामाजिक सभासमारोहमा सहभागि हुँदा राम्रो हुनेछ ।

मिथुन : साथीको सुझावले पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका काम पूरा हुनेछन् । 

कर्कट : जिम्मेवारी बढ्ने दिन रहेको छ । न्यायिक कार्यमा सफलता मिल्दा निक्कै आनन्द महसुस हुनेछ ।

सिंह : घुमफिर र भ्रमणमा दिन बित्नेछ । धार्मिक यात्रा लाभदायक हुनेछ । सन्तान सुख मिल्नेछ ।

कन्या : भोजभतेरमा सामेल हुने दिन छ । वैदेशिक क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

तुला : घरमा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुनेछ । भाइबन्धु एकैठाँउमा भेट हुँदा मनमा उत्साह छाउनेछ । 

वृश्चिक : नयाँ कार्यको योजना बन्नेछ । सेयर बजारमा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने दिन रहेको छ ।

धनु : सामाजिक पदप्रतिष्ठा प्राप्त होला । साथीबाट विशेष सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : घरपरिवारमा रमाइलो वातावरण बन्नेछ । घुमफिरमा आकर्षण बढ्नेछ । व्यवसायबाट फाइदा हुनेछ ।

कुम्भ : एउटै कामलाई दोहोर्‍याएर गर्नुपरेपनि पुरा हुनेछ । ठूला व्यक्तिको सल्लाहमा योजना कार्यान्वयन गर्दा ध्यान दिनुहोला ।

मीन : बिहानै शुभ समाचार सुन्न पाइएला । कार्य सम्पादनमा सहजता हुनेछ। आकाशे रङको प्रयोग शुभ हुनेछ ।