फागुन १४ :

युक्रेन युद्धमा संयुक्त राष्ट्रसंघमा अमेरिकाले रुसलाई समर्थन गरेको छ ।

संयुक्त राष्ट्र संघले सोमबार युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो । ६५ देशले मतदानमा भाग लिएनन् ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ । प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू रहेका छन् ।

अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरेका हुन् । 

यो प्रस्ताव युक्रेनसँगको रूसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो । संयुक्त राष्ट्र संघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भने भाग लिएनन् । -एजेन्सी