सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार स्वास्थ्य

धनगढीमा ‘टेबलटप अभ्यास’ सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
धनगढीमा ‘टेबलटप अभ्यास’ सम्पन्न
काठमाडौँ, फागुन १४ :

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ ।   

विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अभ्यासमा सहभागि थिए । 

मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’अस्पताल चयन गरेको छ । अभ्यासमा भूकम्पका कारण उत्पन्न भएको सामूहिक घाइतेको अवस्थाको प्रतिरूपण गरी अस्पतालको ठूला आपत्कालीन घटना व्यवस्थापन गर्न तयारी अवस्थाको मूल्याङ्कन गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।  

विपद् व्यवस्थापन गर्न चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालका मुख्य गतिविधि, निर्वाह गर्नुपर्ने भूमिका, सक्रियता, ‘ट्रायज’, बिरामी व्यवस्थापन, स्रोत साधनको वितरण, ‘हब’ र ‘स्याटेलाइट’ अस्पताल ‘नेटवर्क’ तथा आपत्कालीन सञ्चालन केन्द्रबीचको समन्वयसम्बन्धी छलफल समेत समावेश गरिएको थियो । 

प्रवक्ता डा बुढाथोकीले टेबलटप अभ्यासको उद्देश्य विद्यमान योजनाका कमजोरी पहिचान गर्नु, सञ्चार र समन्वय सुधार गर्नु, तथा अस्पतालको विपद् तयारी र प्रतिकार्य प्रणाली सुदृढ गर्न उपयोगी सुझावहरू प्रदान गर्नु रहेको बताए ।

सो अवसरमा युरोपियन युनियन र विश्व स्वास्थ्य सङ्गठनलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर वृद्धि गर्न उल्लेखनीय योगदान र सहयोग पुर्‍याएबापत सम्मान गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार