शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तलाई जिम्मा लगाउन सुरु

· शुक्रबार, १२ साउन, २०८१ मा प्रकाशित
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तलाई जिम्मा लगाउन सुरु

काठमाण्डौं,साउन ११: सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन सुरु भएको छ । दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच शव त्रिवि शिक्षण अस्पताल परिसरबाट परिवारले बुझेको बताईएको छ । त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेसँगै केही आफन्तले शव बुझेका हुन् । तर केही आफन्तले बीमा लगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।आज अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव लिएर गएको र अन्यले नलिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । केही आफन्तले बीमाको विषय अन्योल रहेको भन्दै योबारे टुंगो लाग्नुपर्ने र त्यसपछि मात्रै शव बुझ्ने भनिरहेका  । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । शवको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा गोपालप्रसाद चौधरी सहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार