काठमाडौँ, भदौ ५ :

मंगलबार अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा रहेको छ।

युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा पुगेको छ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।