मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार गण्डकी प्रदेश

नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप : २० जना घाइते, प्रहरीद्वारा हवाई फायर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
नवलपरासीको बेलासपुरमा दुई समूहबीच झडप : २० जना घाइते, प्रहरीद्वारा हवाई फायर
नवलपरासी पश्चिम, फागुन १४ :

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका ३, बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले तनावको अवस्था सिर्जना भएको छ ।

झडपमा प्रहरी र स्थानीय गरी करिब २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ । सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपातको घटनाले यो अवस्था सिर्जना भएको हो ।

करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको विषयलाई लिएर केटी पक्षले केटाका बुबालाई गत माघमा कुटपिट गरेका थिए । तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

त्यसबेला देखिनै उनीहरूबीच द्वन्द्व बढेको हो । गाउँलेहरू नै दुई पक्षमा विभाजित भई कुटपिटमा उत्रिएपछि तनावको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा घटनाको विषयमा छलफल भइरहेको छ । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रतिनिधिसभाको शून्य समयमा सांसद अमरेशकुमार सिंहले घटनाप्रति आपत्ति जनाउँदै थप झडप हुन नदिन सम्बन्धित निकायलाई सुझाएका छन् । उनले त्यहाँ दुई पक्षबीच साम्प्रदायिक झडपको स्थिति सिर्जना हुन नदिन स्थानीय प्रशासन चनाखो हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार