
साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से बढेको छ । अघिल्लो दिन तीन दशमलव ३५ अंकले बढेको नेप्से आज पनि सात दशमलव १३ अंकले बढेर २७ सय ६५ दशमलव ८८ अंकमा पुगेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८१ अंकले बढेर चार सय ६० दशमलव शून्य ६ अंकमा पुगेको छ ।
नेप्सेमा आज ३१२ कम्पनीको ९७ हजार पाँच सय ६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता सेयर खरिद-बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सात समूहको सूचक बढेर बाँकीको घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ३५ अंकले बढेर १३ सय ८५ दशमलव ३४ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय ११ दशमलव ३६ अंकले बढेर १३ हजार आठ सय ४४ दशमलव ३४ अंकमा पुगेको छ ।
अन्य समूहको सूचक पनि ६९ दशमलव ११ अंकले बढेर २४ सय ५० दशमलव शून्य पाँच अंकमा पुगेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ३६, शून्य दशमलव ८७, १३ दशमलव १५ र शून्य दशमलव शून्य एक अंकले बढेका छन् ।
विकास बैंक समूहको सूचक भने सात दशमलव २३ अंकले घटेर पाँच हजार ६ सय ४४ दशमलव २४ अंकमा झरेकामा फाइनान्स समूहको सूचक पनि २० दशमलव १२ अंकले घटेर २७ सय ९४ दशमलव ४० अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि शून्य दशमलव शून्य ६ अंकले घटेर तीन हजार सात सय ५१ दशमलव १३ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ३६ दशमलव ४४ अंकले घटेर १२ हजार आठ सय ६३ दशमलव ४५ अंकमा झरेको छ ।
यसबाहेक लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः आठ दशमलव ३२ र एक सय नौ दशमलव २९ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विन लघुवित्त वित्तीय संस्था परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन री- इन्स्योरेन्स कम्पनी परेको छ ।