काठमाडौं, फागुन १४ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले लिने वैदेशिक सहायता लिने विषयमा धेरै अध्ययन गर्नुपर्ने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा उनले वैदेशिक सहायता लिने विषयमा गम्भीर भएर निर्णय लिन आवश्यक रहेको बताए ।

विश्व राजनीतिमा आएको फेरबदलले नेपालको राजनीतिमा धेरै थोरै असर गरे पनि वैदेशिक सहायता ऋण अनुदानमा असर गरेको थिएन । तर अहिले अमेरिकी सरकारले गरेको निर्णयले गम्भीर हुन र समिक्षा गर्न बाध्य बनाएको उनको भनाइ छ ।

नेपाल सरकारले कस्तो विषयमा ऋण सहायता लिने कस्तोमा नलिने भनेर अध्यान गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता रहेको मन्त्री गुरुङको भनाइ छ । नेपालले वैदेशिक परनिर्भरता कम गर्न आफ्नै बजेट अनुसारको काम मात्र गर्नुपर्ने पनि उनले बताए । उनले अमेरिकी सरकारले यूएसएआईडी खारेज गर्ने र एमसीसी कार्यक्रम स्थगन गर्ने निर्णयले पारेको असरबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।