
मेष : धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नु उचित हुनेछ । आज आम्दानी बढ्ने दिन छ ।
वृष : परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ ।
मिथुन : सोचेका काम सहजै बन्नेछन् । बोलीको प्रभावले इज्जत बढ्नेछ । धार्मिक यात्राको योग रहेको छ ।
कर्कट : आक्रोशमा निर्णय नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : एकल निर्णय गर्नुअघि परिवारको सल्लाह लिनुहोला । स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुपर्नेछ ।
कन्या : परीक्षाको नतिजा सोचेअनुसारै आउनेछ । साथीहरुबाट प्रशंसा पाइने दिन छ ।
तुला : तपाइको सफलता देखेर विरोधीहरूको मन अशान्त बन्नेछ । काम गर्दा सचेत बन्नुपर्नेछ ।
वृश्चिक : सहकार्यले फाइदा हुनेछ । साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ ।
धनु : साना कुरामा अल्झिएमा ठुलो अवसर गुम्नसक्छ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
मकर : सरकारी सेवामा भए बढुवा हुनेछ छ । योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ ।
कुम्भ : साना कुरामा झन्झट नमानी काम गर्दा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलोसँग बित्नेछ ।
मीन : शिवको पूजा गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुनेछ ।