काठमाडौँ, फागुन १६ :

मेष : रोकिएका काम पुन: प्रारम्भ हुनेछन्‌ । शुभकार्यमा धन खर्च हुन सक्छ । 

वृष : परिवारको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ ।  

मिथुन : लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । परिवारका सदस्यलाई वैदेशिक भिसा लाग्न सक्छ ।

कर्कट : लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन् । शुभकार्यमा सहभागी हुने दिन रहेको छ । 

सिंह : आयव्यय बराबरी हुने समय छ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । 

कन्या : बिहानै हनुमानको दर्शन गर्दा दिन सान्तसँग बित्नेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ ।

तुला : अरुको भरमा काम गर्दा सचेत बन्नुपर्नेछ । सन्तान प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दान गर्नाले पुण्य प्राप्त हुनेछ । आज गुलाबी रङको प्रयोग शुभ रहेको छ । नयाँ कार्य सम्पादनमा सहजता मिल्ला । 

धनु : प्रेमिकाको सुझाव अनुसार नयाँ काम थाल्नु उचित हुनेछ । तार्किक बोलीको प्रभावले रोजगारी मिल्नेछ ।

मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्नेछ । 

कुम्भ : दैनिक कार्यमा प्रगति हुनेछ । नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट होला ।

मीन : सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ । रोकिएको कामको गाँठो फुक्नेछ ।